logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छः उपप्रधानमन्त्री लामिछाने

    मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छः उपप्रधानमन्त्री लामिछाने

    588
    Shares
    मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छः उपप्रधानमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् । सोमवार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

    उनले वर्षायाम शुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना, सडक विभाग,हेलिकप्टर व्यवसायीको प्रतिनिधि,मौसम पूर्वअनुमान,जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए । उनले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिए ।

    उनले मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको बताए । उनले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिए । उनले अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउन पनि सुझाव दिए । उनले विपद्मा उद्धार र राहतका लागि अफ्ठ्यारा अवस्थाहरुलाई मन्त्रीपरिषद्ले गर्नुपर्ने कुनै काम र कानून भए तत्काल दिन आग्रह गरे । उनले विपद्मा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि नै तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

    उनले बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिए । उनले एडिआरआरईलाई विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउन निर्देशन दिए । उनले अति जोखिम क्षेत्रका नागरिक बचाउन अहिलेदेखि नै तयार गर्न आवश्यक रहेको बताए । उनले बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिए ।

    उनल भने,‘ मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनतालाई राहत र उद्धारको लागि सबै निकायहरुको प्रतिनिधित्व हुनेगरी जेठ १९ देखि असोज १९ गतेसम्मको लागि गृह मन्त्रालयको नेतृत्वमा ट्याक्स फोर्स बनाउँछौं । त्यो टिमले सम्पूर्ण अधिकार पाउँछ । ट्याक्स फोर्सको कार्ययोजना र कार्यविधि बनाएर कामको थालनी गर्नुहोला । एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ । अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ । त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुुस् । तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला । समितिमा सडक विभाग,हेलिकप्टर एशोसिएशनका प्रतिनिधि,मौसम पूर्वअनुमान,जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस् ।

    विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन । त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस् । विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौं । बेलीब्रिज कति रहेका छन् । १८ वटा भनिएको छ । त्यसको अधिकार पाएको क्षेत्र कुन हो । को मातहतमा कस्तो अवस्था छ तीन दिनभित्र सार्वजनिक गर्नुस् । एडिआरआरईले विपद् आउन सक्ने १० जोखिम क्षेत्र तत्कालै टिम पठाउनु प¥यो । त्यहाँका नागरिक बचाउन अहिलेदेखि तयार गर्नुपर्छ । बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्न टिम पाउने व्यवस्था गर्नुस् । अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ ।’

    उनले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए । उनले उक्त लक्ष्य पूरा गर्नको लागि सम्बन्धि निकायहरुले त्यही अनुसार अहिलेदेखि तयार थाल्न जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend