सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राप्रपाले माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने, गिरीबन्धु घोटालाको छानबिन गर्न पनि सरकारसँग माग

राप्रपाले माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने, गिरीबन्धु घोटालाको छानबिन गर्न पनि सरकारसँग माग

काठमाडौं । राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकको प्रधानमन्त्रीलाई बुझाएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

उनले आन्दोलनको स्वरूप र कार्यक्रम निर्धारण गर्न आन्दोलन परिचालन कमिटीले जिम्मेवारी दिने निर्णय भएको बताए। साथै भ्रष्टाचार लगायतका जनजीविकाको मुद्दामा समेत आन्दोलन गर्ने निर्णय भएको बताए ।

त्यस्तै, राप्रपाले गिरीबन्धु टीस्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष लिङ्देनका अनुसार गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन् । यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend