शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बजेटको तयारी पूरा, बजेट पारित गर्न अर्थमन्त्री मन्त्रिपरिषदमा

बजेटको तयारी पूरा, बजेट पारित गर्न अर्थमन्त्री मन्त्रिपरिषदमा

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो ।

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । अर्थमन्त्री पुनले संसद्को संयुक्त बैठकमा आज दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यक्रम तय भएको छ ।

१८ खर्बको सिलिङको सीमितता भएपनि केही पपुलिष्ट कार्यक्रमका कारण बजेट १९ खर्ब हाराहारीमा पुग्ने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend