logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु

    अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु

    623
    Shares
    अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन् ।

    यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त वैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो ।

    सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए । सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो ।

    उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरुबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।

    संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend