शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन

जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन

काठमाडौं । कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिंचाई सेवा बिस्तार गर्ने सरकारको घोषणा गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् । उनले जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताए । उनले रानी जमरा सिंचाई अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिंचाई सुविधार बिस्तार गरिने बताए ।

उनले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गरे । उनले मध्ये तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिंचाई सुविधा पुराउन सुनकोशी मरिण सिंचाई आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend