logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने

    ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने

    735
    Shares
    ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने

    काठमाडौं । सरकारले ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गर्ने भएको छ । मंगलवार सरकारको तर्फबाट अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

    उनकाअनुसार खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गरिने बताए । सरकारले युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमुलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्‍चालन गर्ने बताए ।

    उनले विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालीम प्रदान गरी कम्तिमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने बताए । स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसीप प्रदान गर्ने बताए ।

    युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पर्याइने, सबैका लागि खेलकुदको अवसर सिर्जना गर्ने, आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने बताए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्न ६० करोड विनियोजन गरेको बताए । नेपालको मौलिक एवं परम्परागत बाघचाल, डण्डिबियो, घोडचढी जस्ता खेललाई प्रवद्र्धन गर्ने, आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना बताए ।

    उनले भने, ‘युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमुलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्‍चालन गरिनेछ । यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालीम प्रदान गरी कम्तिमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिनेछ । यस कार्यक्रमका लागि ३ अर्ब विनियोजन गरेको छु ।

    स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसीप प्रदान गरिनेछ । फेलोसीप प्रदान गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ । युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच पु¥याइनेछ । सबैका लागि खेलकुदको अवसर सिर्जना गरिनेछ । खेल क्षेत्रमा महिला सहभागिता बढाइनेछ । खेलकुदका आधारभुत तालिम बिस्तार गरिनेछ । ओलम्पिक र एशियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिनेछ । खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गरिनेछ । आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । नेपालको मौलिक एवं परम्परागत बाघचाल, डण्डिबियो, घोडचढी जस्ता खेललाई प्रवद्र्धन गरिनेछ ।

    आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्न ६० करोड विनियोजन गरेको छु । काठमाडौंको मुलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोईराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गरिनेछ । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाइनेछ । कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिइनेछ ।

    खेल पूर्वाधार तर्फ रु. १ अर्ब ३० करोड विनियोजन गरेको छु । शिक्षकलाई खेलकुदको तालीम दिई विद्यालयमा खेलकुद प्रवद्र्धन गरिनेछ। बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्‍चालन गर्ने र प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाइनेछ । खेलकुद क्षेत्रको पूर्वाधार निर्माण, सञ्‍चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गरिनेछ । निजी संघ–संस्था तथा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई खेलकुद क्षेत्रसँग आवद्ध गर्दै लगिनेछ । युवा तथा खेलकुद मन्त्रालयको लागि रु. ३ अर्ब ५० करोड विनियोजन गरेको छु ।’

    उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माण, सञ्‍चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend