शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने

धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने

काठमाडौँ । सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने जानकारी दिए ।

सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्ने अर्थमन्त्री पुनले बताए । त्यस्तै वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्री पुनले निश्चत रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्यरुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend