logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • बजेटले नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको छ : अर्थमन्त्री

    बजेटले नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको छ : अर्थमन्त्री

    511
    Shares
    बजेटले नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न चाहेको बताएका छन् । बजेट सार्वजनिक पछि पहिलोपटक मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पुनले राज्यको सीमित स्रोत साधनका बाबजुद नयाँ चरणको आर्थिक सुधारको प्रयत्न गरेको बताएका हुन् ।

    पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आशा जगाउने खालको आएको बताए । उनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताए ।

    उनले भने, ‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं, सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर बनाएका छौं । केही इरर हुन सक्छ । आजका दिनमा हामी आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छौं । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

    चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए ।

    नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग नै गठन गरेर विज्ञहरुसँग छलफल गर्ने उनको भनाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend