logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

    सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

    1.3K
    Shares
    सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

    सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको  मृत्यु भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार  शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ ।

    दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

    प्रहरीका अनुसार जिप अन्दाजी ४ सय मिटर तल खसेको छ।

    दुई जनाको शव बिहानै निकालिएको छ भने दुई जनाको शव भीरमै रहेको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनकारी दिएको हो ।

    प्रहरीले दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ। उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend