शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

रवि लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा सुनुवाइ हुँदै, आज पनि पोखरेलको इजलासमा पेशी

रवि लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा सुनुवाइ हुँदै, आज पनि पोखरेलको इजलासमा पेशी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदैछ ।

लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। हिजाे (बुधवार) पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । तर उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।

बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको हो । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको छ ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो ।

रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ।

याे पनि :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend