एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणको कडा निन्दा गर्नुभएको छ । फाह शिविरमा इजरायली आक्रमणमा ४५ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।
प्रवक्ता स्टेफेन डुजारिकले गुटेरेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना दिएको बताए । उनले युद्ध तत्काल रोकिनुपर्ने बताए । महासचिवले तत्काल युद्धविराम र सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाइको लागि आफ्नो माग दोहोयाए ।
उनले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को हालैका आदेशहरू स्मरण गराए ।