शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएकाे छ । लामिछानेलाई निलम्बन माग गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको हाे । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।

यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो ।

याे पनि :

रवि लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा सुनुवाइ हुँदै, आज पनि पोखरेलको इजलासमा पेशी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend