logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

    नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

    742
    Shares
    नेपाल–अमेरिकाबीचको अभ्यास खेल मौसमका कारण रद्द

    काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ ।

    आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो ।

    डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । तर भारी वर्षा भएपछि खेल स्थगित भएको थियो ।

    झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । तर फेरि बर्षा भएपछि खेल अम्पायरले खेल रोक्ने निर्णय गरेका थिए ।

    अभ्यास म्याचमा नेपाल यस अगाडि क्यानडा सँग पराजित भएको थियो । दोस्रो पटक आइसीसी विश्व कप खेल्दै गरेको नेपालले समूह चरणको पहिलो खेल जुन ४ तारिख यसै मैदानमा नेदरल्याण्डसँग खेल्ने छ ।

    नेपालले दोस्रो खेल जुन १२ तारिख फ्लोरिडामा श्रीलङ्का सँग खेल्ने छ । नेपालले समूह चरणमा बङ्गलादेश र दक्षिण अफ्रिका सँग वेष्टइन्डिजमा खेल्ने छ ।

    नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सोमपाल कामी, अभिनास बोहरा, सागर ढकाल रहेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend