logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टी-२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

    टी-२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

    763
    Shares
    टी-२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

    काठमाडौँ। आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

    अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।

    क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ६१ रन बनाए । निकोलश किर्टनले ५१ रन बनाउँदा श्रेयस मोवाले ३२ रन बनाए । आरोन जोनसनले २३ रन, दिलप्रीत बज्वाले ११, पर्गत सिंहले पाँच रन तथा डाइलन हेलिगरले एक रन बनाए ।

    अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरे आन्डर्सनले समान एक–एक विकेट लिए ।

    प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

    प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend