काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ ।
घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको हो ।
क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रिएको अमेरिकाले १७.४ ओभरमा १९७ रन बनाउँदै जीत हासिल गरेको हो ।