सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने झलनाथको विश्वास

पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने झलनाथको विश्वास

sf7df8f}F, !* h]7 M kqsf/ e]63f6df k"j{k|wfgdGqL vgfn k'j{k|wfgdGqL tyf g]skf- PsLs[t ;dfhjfbL_sf ;Ddflgt g]tf emngfy vgfn ojf ;+3 g]kfn,k|rf/ ljefun] laxLaf/ e[s'6Ld08kdf cfof]hgf u/]sf] kqsf/ e]63f6df dGtJo /fVg'x'Fb} .tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्। आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

उनले महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए । उनले महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने पनि बताए । उनले अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको बताए । उनले पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने बताए ।

उनले भने, ’अहिले महंगी बढिरहेको छ । भ्रष्टाचार व्याप्त छ । मानिसहरु हाम्रो देशका युवाहरु विदेश जानको लागि विवश भइरहेका छन् । यि ठाउँहरुबाट, भ्रष्टाचार र अहिलेका समस्या ज्वलन्त जुन छन्, ति जनताका मागहरुलाई लिएर यहाँबाट शुरु गर्दै हामी आमुल परिवर्तन गर्नेछौँ । यो अहिलेको पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को यो कार्यक्रम हो । त्यसैले यो कार्यक्रम नेपालको समाजवादी क्रान्तिको सिंगो काललाई प्रतिनिधित्व गर्ने र समग्र समाजलाई रुपान्तरण गर्ने कार्यक्रम हो ।

यो हामी पहिलो पटक कार्यक्रम अघि सार्दैछौँ । महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं । त्यो सहमतिपूर्ण नेतृत्व निर्माणका लागि हामी छलफल गर्दैछौँ, गर्छौं र अन्तिमसम्म गर्नेछौँ । यो महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउनेछौँ ।’

सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप उचानईमा पर्याउने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend