शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नयाँ बजेट परम्परागत भन्दा नयाँ छ : अध्यक्ष राई

नयाँ बजेट परम्परागत भन्दा नयाँ छ : अध्यक्ष राई

lzIffdGqL /fO{ z'esfdgf dGtJo lbg'x'Fb} sf7df8f}, @* j}zfv . lzIff, lj1fg tyf k|ljlwdGqL czf]ss'df/ /fO{ z'qmaf/ …cg]s cfofddf qmflGtof]4f k|]ds[i0f kf7sÚ gfd k':tfssf] nf]sfk{0f sfo{qmddf z'esfdgf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नयाँ बजेट परम्परागत भन्दा नयाँ रहेको प्रतिक्रिया दिएका छन् । उनले बजेटले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रस्तावहरु ल्याएको बताए ।

उनले पुरानोदेखि चलि आएका राष्ट्रिय महत्वका योजनाहरु अघि बढाउने र तिनीहरुलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम बजेटमा उल्लेख भएको बताए । बजेट बजेटका रुपमा मात्रै नआएको भन्दै उनले बजेट कार्यान्वयन गर्ने संयन्त्रहरुलाई मैत्रीपूर्ण बनाउने ढंगले आएको बताए ।

उनले भने, ‘नयाँ बजेट परम्परागत भन्दा नयाँ नै छ । यसले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रश्तावहरु लिएर आएको छ । पुरानोदेखि चलि आएका राष्ट्रिय महत्वका योजनाहरु अघि बढाउने र तिनीहरुलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम गरेको छ ।’

नेता राईले नारीलाई विकास, राजनीति र उत्पादनको क्षेत्रमा प्रभावकारी बनाउने ढंगले बजेट आएको बताए । उनले बजेट कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend