
काठमाडौँ । फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले बनाउन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन्।
उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोडका गर्न लागेको फुटपाथ चौडा बनाउने कार्यमा अवरोध गरिएको बताएका छन्।
उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नामै तोकेर आक्रोश पोखेका छन्।
उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन सुरू गरेको थियो।
तर सडक विभागले महानगरको काममा रोक लगाएको थियो ।
महानगरले काम गरिरहेको ठाउँमा पुगेर सडक विभागले काम रोक्नुका साथै सामान जफत समेत गरेको थियो भने महानगरलाई दुई दिन भित्र भत्काएको सडक बनाउन अल्टिमेटम समेत दिएको थियो ।
तर महानगरले भने नियम अनुसार नै फुटपाथ विस्तार गरेको बताउँदै आएको छ ।
महानगरपालिकाको बैठकमा पनि वडा अध्यक्ष र बालेनबीच सोही विषयलाई लिएर चर्काचर्की नै परेको थियो ।
यता, एमालेका अध्यक्ष केपी शर्मा ओलिले केही दिन अघि काठमाडौँमा आयोजित एक कार्यक्रममा बालेनलाई लक्षित गर्दै टिप्पणी गरेका थिए , ‘घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु कुनै बहादुरी होइन ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend