शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छ : सांसद शाक्य

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छ : सांसद शाक्य

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको बताएकी छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

उनले सरकारले ल्याएको बजेटमा अहिले देखिने आवश्यक विषयहरु कार्यान्वयन गर्दै जानका लागि बजेटमा समावेश हुनुपर्ने बताइन् । उनले आवश्यक श्रोत परिचालनको समुचित व्यवस्था, प्रशासनिक व्यवस्थामा सुधार, कर प्रशासनमा सुधार, सार्वजनिक ओहोदामा बस्ने पदाधिकारीहरुको देश र जनताप्रतिको जवाफदेहीतामा संरचनात्मक सुधारको आवश्यकता रहेको पनि बताइन् । उनले आगामी आर्थिक वर्षमा सरकारले कुल पुँजीगत खर्च गर्न सक्ने की नसक्ने भन्ने चुनौति रहेको बताइन् ।

उनले भनिन्, ‘वर्तमान सरकारले ल्याएको बजेटमा अहिले देखिने आवश्यक विषयहरु कार्यान्वयन गर्दै जानका लागि बजेटमा समावेश गर्नुपर्दछ । हाम्रा अघि केही गन्तव्य र लक्ष्यहरु छन् । गरिवीलाई हामीले अन्त्य गर्नुपर्छ । बजेटको प्राथमिकतामा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य हो । तर यसको लागि आवश्यक श्रोत परिचालनको समुचित व्यवस्था, प्रशासनिक व्यवस्थामा सुधार, कर प्रशासनमा सुधार, सार्वजनिक ओहोदामा बस्ने पदाधिकारीहरुको देश र जनताप्रतिको जवाफदेहीतामा संरचनात्मक सुधारको आवश्यकता पर्दछ ।’

उनले कुल गार्हस्थ्य उत्पादनमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको भएपनि आवश्यक श्रोत परिचालनको व्यवस्था चुनौतिपूर्ण रहेको बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend