logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • १० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल, आज नेदरल्यान्ड्ससँग पहिलो भिडन्त

    १० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल, आज नेदरल्यान्ड्ससँग पहिलो भिडन्त

    3.4K
    Shares
    १० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल, आज नेदरल्यान्ड्ससँग पहिलो भिडन्त

    काठमाडौं । १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार टी २० विश्वकप खेल्दै छ।

    अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दै छ । रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ।

    यसअघि बंगलादेशमा सन् २०१४ मा नेपालले टी २० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो भने पारस खड्काको कप्तानी रहेको थियो ।

    अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेट जगतले महत्त्वका साथ हेरेको छ।

    नेपाली क्रिकेट फ्यानको १० वर्षको प्रतिक्षा आज राति अमेरिकाको डालास मैदानमा पूरा हुँदैछ।

    नेपालको पहिलो भिडन्त नेदरल्यान्ड्ससँग छ । नेपालले पहिलो खेल आज राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा खेल्दै छ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्न लागेको हो ।

    नेपाल र नेदरल्यान्ड्सको खेल हुने समयको मौसम सफा हुने पूर्वानुमान मौसमविद्ले गरेका छन्।

    विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन्।

    समूहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको छ।

    श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै दक्षिण अफ्रिकाले ६ विकेटको उत्कृष्ट जित निकाल्दै विजयी सुरुवात गरेको हो।

    नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ।

    नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ।

    २० टोलीको सहभागिता रहने विश्वकपमा चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

    सुपर आठमा पुग्न नेपालले कम्तिमा पनि समूह चरणका दुई खेल जित्नैपर्छ।

    विश्वकप खेल्ने नेपाली टिम

    टी २० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend