काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर आज संसद बैठमा सहभागि भएका छन् ।
टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा रास्वपाका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका हुन् ।
बैठक प्रवेश गर्नुअघि सत्तारुढ घटक रास्वपका सांसदहरुले सामूहिक तस्विर खिचाएको फोटो अहिले भाइरल बनेको छ ।
१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग हुने भएको छ ।
समूह ‘डी’ को पहिलो खेल नेपाली समयअनुसार आज राति ९.१५ बजेबाट सुरु हुने जनाइएको छ ।