logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी : आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्

    सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी : आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्

    805
    Shares
    सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी : आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।

    मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् ।

    उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न आग्रह गरे । उनले मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताए । उनले मन्त्रालयस्तरिय बजेटको किताव आउँदा स्रोत र साधनको न्यायोचित वितरण भएको होस् भनि मन्त्रीहरुलाई ध्यानाकर्षण गराए । उनले रणनीतिक सडकहरु र वैकल्पिक लोक मार्गहरुलाई पर्याप्त बजेट विनियोजन गर्न पनि माग गरे ।

    उनले भने,– ‘धेरै वर्षदेखि निरन्तर निर्माणाधिन अवस्थामा रहेका रणनीतिक सडकहरु, निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरु चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माण कार्य ठप्प भएका छन् । यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्रस्तरिय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरुलाई स्टमेट अनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो पटकको बजेटमा मन्त्रीज्युहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नुहुने छैन र रातो किताव ल्याउनुहुने छैन । सिंगो मानव सुचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरुलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताव आउने छ । मन्त्रालयस्तरिय बजेटको किताव आउनेछ भन्ने अपेक्षा छ ।’

    सांसद दाहालले संसद अवरोधको श्रृङ्खलाको अन्त्य गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरिरहेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend