
काठमाडौं । नेकपा एमालेका सांसद सुनिता बरालले दैनिक १५ घण्टा लामो विद्युत कटौति (लोडसेडिङ) ले औद्योगिक क्षेत्र समस्यामा परेको बताएकी छिन् ।
संघीय संसदको शून्य समयमा बोल्दै सांसद बरालले भनिन् ‘लोडसेडिङमुक्त देश भनेर गौरव गर्दा यो खुशी काठमाडौंको मात्रै हो भनेर बस्नुपर्ने वाध्यता हामीमा छ ।’
उनले दैनिक २४ घण्टासम्म लगातार चल्नु पर्ने उद्योगहरु १५ घण्टा लामो लोडसेडिङका कारण क्षमता भन्दा धेरै कम सञ्चालन भइरहेको जानकारी दिइन् । उद्योगमा बिजुली आपूर्ति नहुँदा उत्पादन घटेको उनको भनाई छ ।
‘औद्योगिक करिडरमा बिजुली कति बेला जाने र आउने हो र लोडसेडिङका कारण उद्योगहरुले कति घाटा व्योहर्नुपर्ने हो भन्ने कुरा उद्योगी चिन्तामा छन्’ उनले भनिन् ‘औद्योगिक क्षेत्रमा भइरहेका दैनिक १५ घण्टा लामो लोडसेडिङ हटाइ अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योग सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानकर्षण गराउछु ।’
ग्राहस्तमा नभए पनि औद्योगिक क्षेत्रमा निरन्तर लोडसेडिङ हुँदै आएको सम्बद्ध उद्योगीले बताउँदै आएका छन् ।
यो पनि
संसदमा लोडसेडिङको विषय उठ्यो, हटाउन सांसदले गराए सरकारको ध्यानाकर्षण
दैनिक १६ घण्टासम्म लोडसेडिङले थप संकटमा उद्योग
विना जानकारी उद्योगमा १४ घण्टा लोडसेडिङले उद्योगी दिक्क
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend