logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • दैनिक १६ घण्टासम्म लोडसेडिङले थप संकटमा उद्योग

    दैनिक १६ घण्टासम्म लोडसेडिङले थप संकटमा उद्योग

    1.1K
    Shares
    दैनिक १६ घण्टासम्म लोडसेडिङले थप संकटमा  उद्योग

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    परिसंघको २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले उद्योग लोडसेडिङको मारमा परेको जानकारी गराएका हुन् । उनले पछिल्ला केही महिनादेखि उद्योगहरुमा गरिएको अघोषित लोडसेडिङले उद्योगीहरु थप मर्माहत भएको बताए ।

    एकातिर विद्युत खपत बढाउन नेपाल विद्युत प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा १६ घण्टासम्म लोडसेडिङ गराउने काम भइरहेको बताए । अध्यक्ष अग्रवालले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गरेका छन् ।

    विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भए पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने उनको भनाई छ । उनले महंगो दरमा आयात गरेर भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन माग गरेका छन् । समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको उनले बताए ।

    अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यावसायलाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताए । अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेकाले यसको समाधानका लागि ठूलो शल्यक्रियाको खाँचो भए पनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको अध्यक्ष अग्रवालले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend