logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं : प्रमुख सचेतक परियार

    काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं : प्रमुख सचेतक परियार

    917
    Shares
    काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं : प्रमुख सचेतक परियार

    काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन् । बुधवार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् ।

    मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाई थियो । उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए ।

    उनले भने, ‘संघीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकि छ । नागरिक अधिकार, मानव अधिकार र सास्कृतिक अधिकारहरु बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकि छ । बजेटमा संस्कृतिलाई सम्वद्र्धन गर्ने कुरा गरिएको छ । मलाई लाग्छ–सकिन्छ भने काठमाडौ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गरौं । र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौं । किनभने शहरहरु विभिन्न किसिमका हुन्छन ।

    अब हामीले आधुनिक विकासमा जाने हो भने शहरहरुलाई शैक्षिक सहर, सांस्कृतिक शहर, विकसित शहर, आर्थिक सहरको रुपमा पनि घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । लामो संघर्षबाट प्राप्त गरेको राजनीतिक व्यवस्था जसरी हामीसँग छ । त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अव हामीले विशेष गरी अर्थमा अर्थनीतिमा काम गर्नुपर्छ भन्ने लाग्छ । ’

    प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकि रहेको पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend