logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टी–२० विश्वकप : आयरल्यान्ड क्यानडासँग १२ रनले पराजित

    टी–२० विश्वकप : आयरल्यान्ड क्यानडासँग १२ रनले पराजित

    1.1K
    Shares
    टी–२० विश्वकप : आयरल्यान्ड क्यानडासँग १२ रनले पराजित

    काठमाडौँ । आईसिसी टी–२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो ।

    टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार व्यहोरेको हो ।

    १३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । । २४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । उसका लागि जर्ज डकरेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । ।

    टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्टोन अर्धशतक बनाउन १ रनले चुके । सर्वाधिक ४९ रन बनाउँदा ३५ बलको सामना गर्दै उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

    श्रेयस मोभ्भाले ३७, प्रगत सिंह १८ रन बनाउँदा एरोन जोन्सनले १४ रन जोडेका थिए ।

    क्यानडाविरुद्ध सुरुमा बलिङ गरेको आयरल्याण्डका लागि क्रेग यङ र ब्यारी म्याकार्थीले समान दुईदुई विकेट लिएका थिए भने मार्क अडेर र गेराथ डेलानीले एकएक विकेट हात पारे ।

    समूह ‘ए’मा रहेको क्यानडाले उद्घाटन खेलमा अमेरिकासँग ७ विकेटको पराजय भोगेको थियो । समूह ‘ए’मा अमेरिका दुई खेल जित्दै शीर्ष स्थानमा छ ।

    भारत र पाकिस्तानसमेत रहेको यो समूहको जितलाई महत्त्वका साथ हेरिएको छ । भारत दुई अंकसहित दोस्रो स्थानमा छ भने यो समूहमा पाकिस्तान र आयरल्याण्डले खाता खोल्न सकेका छैनन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend