logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • लचिलो मौद्रिक नीति तयारीमा राष्ट्र बैंक, माग्यो सुझाव

    लचिलो मौद्रिक नीति तयारीमा राष्ट्र बैंक, माग्यो सुझाव

    1.2K
    Shares
    लचिलो मौद्रिक नीति तयारीमा राष्ट्र बैंक, माग्यो सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीमा जुटेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति तयारीका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । राष्ट्र बैंकले असार १६ गतेसम्म आफ्ना सुझाव आर्थिक अनुसन्धान विभागमा दिन भनेको छ । राष्ट्र बैंकले प्रत्येक वर्ष सुझाव लिँदै आएको छ ।

    राष्ट्र बैंकले बैंकर, सेयर लगानीकर्ता, व्यवसायी र सर्वसाधारणबाट सुझाव लिँदै आएको छ । गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो हुने संकेत गरेका छन् । केन्द्रीय बैंकले आर्थिक गतिविधिलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउने गभर्नर अधिकारीको भनाई छ ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समीक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको छ । गभर्नर अधिकारीले सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताएका छन् ।

    सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । सो लक्ष्यलाई पुरा गर्नका लागि आवश्यक लगानीको व्यवस्थापन गर्ने जिम्मा केन्द्रीय बैंकको हुन्छ । अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी (तरलता) छ । यस्तै सरकारले बजेटमा मूल्यवृद्धि ५.५ प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ ।

    आगामी आर्थिक वर्षको बजेटमा ठूलो महत्वकांक्षी र आकार पनि ठूलो आएको छैैन । मुलुकको अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमध्ये दुई वर्षदेखि चुनौतीपूर्ण क्षेत्र सार्वजनिक वित्त देखिएको छ । एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएको छ । केन्द्रीय बैंकले नीतिगत दर (पोलेसी रेट) ५ प्रतिशत छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend