logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

    मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

    780
    Shares
    मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार

    धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    यसअघि विना विभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्री साह सिरहाको क्षेत्र नं ४ को (क) बाट निर्वाचित भएकी हुन् ।

    उनीहरुलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी छन । यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

    यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend