logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

    विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

    749
    Shares
    विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

    विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले उद्घाटन गरे ।

    भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशस्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

    त्यसअवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने, प्रदेशका सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पारेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend