शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्न – गिरिबन्धु टि इस्टेटको फाइल कहिले खोलिन्छ ?

राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्न – गिरिबन्धु टि इस्टेटको फाइल कहिले खोलिन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले गिरिबन्धु टि स्टेटको फाइल कहिले खोलिन्छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।

संघीय संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गिरिबन्धु टि स्टेटमा भएको भ्रष्टाचारको फाइल खोलेको हेर्न आतुर रहेको बताए ।

उनले मेलम्ची, वाइडबडी र फोरजीलगायत अन्य ठूला घोटलाहरुमा सरकार टसमस नभएको जिकिर शाहीको छ । उनले सबै ठूला घटनाहरुको फाइल खोल्न माग गरेका छन् ।

सरकारले जिबी (गितेन्द्रबाबु) राईलाई अहिलेसम्म पक्राउ गर्न नसकेको प्रति ध्यानकर्षण गराउँदै सांसद शाहीले भने ‘यो देश ठूलो कि जिबी राई ? नेपाल भन्दा ठूला जिबी राई ठूलो ?’

शाहीले जिबी राइलाई छिटोभन्दा छिटो पक्राउ गर्न माग गरेका छन् । गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै सांसद शाहीले भने ‘आकासमा भए पनि पातालमा भए पनि जिबी राई पक्राउ गर्छु भन्नु भएको थियो आजै फाइल खोलियोस ।’

याे पनि : 

गिरी बन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय सर्वोच्च अदालतद्धारा बदर

काठमाडौंका मेयर बालेनको केपी ओलीप्रति कटाक्ष : गिरिबन्धुको कर्तुत डाईभट गर्न न्युरोडको सडक बनाए

केपी ओलीले भने : गिरिबन्धु टि स्टेटबारे बालेनलाई सोध्नुस्

झापाको गिरिबन्धु टि-स्टेटको जग्गा हिनामिनाको प्रश्न संसद्‍मा : छानबिन गर्न झाक्रीको माग 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend