काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल हुने मैदानमा वर्षा रोकिएको छ ।
अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा अहिले वर्षा रोकिएको छ ।
सवा ५ बजेबाट खेल सुरु हुनुपर्नेमा वर्षाका कारण हालसम्म टससमेत हुन सकेको छैन । अहिले वर्षा रोकिएसँगै मैदानमा निरिक्षणको तयारी भैरहेको छ ।
फेरि वर्षा नभएमा ओभर छोट्याएर खेल हुनेछ । मौसम विगभाका अनुसार फेरि वर्षाको सम्भावना यथावत् छ ।
जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ । समूह ‘डी’ मा दक्षिण अफ्रिका र बंगलादेश पनि छन् ।