सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु

पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । दुर्घटना चकवल जिल्लामा भएको थियो ।

जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ । ट्याङ्करमा लागेको आगो छिट्टै निभाइएको थियो । ट्यांकरको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर सडकको बीचको पर्खालमा ठोक्किएपछि आउँदै गरेको कारसँग ठोक्किएको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend