
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन् ।
उनले राष्ट्रिय सुरक्षाको लागि नेपाली नागरिक पनि उभिनुपर्ने बताए । यसका लागि राष्ट्रिय सेवा दलको अभ्यासको दायरालाई बढाउनुपर्ने बताए । उनले सेनाको उपकरणहरुको स्तरवृद्धि गर्नु आवश्यक रहेको पनि बताए ।
उनले भने– ‘आवश्यक पर्दा राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैन । नेपाली नागरिकपनि उभिनुपर्ने अवस्था आउनसक्ने अवस्थालाई तयारी गर्ने क्रममा राष्ट्रिय सेवा दलको अभ्यासलाई यसको दायरा बढाउनुपर्ने सल्लाह दिन चाहन्छु ।’
उनले विकसित सूचना प्रविधिको अध्ययन तथा अध्यापन गराउनुपर्ने पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend