मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नेप्से परिसूचक ६.३७ अंकले बढ्यो, ५ अर्ब ८९ करोड माथिको शेयर कारोबार

नेप्से परिसूचक ६.३७ अंकले बढ्यो, ५ अर्ब ८९ करोड माथिको शेयर कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६.३७ अंकले बढेर २,१२१ को विन्दुमा कायम भएको छ ।

आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रको २४ करोड ४८ लाख र ग्रिन लाइफ हाइड्रको १९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज समृद्धि फाइनान्स र मिड सोलुका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्था र ग्रिन लाइफ हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सयपत्री हाइड्रोका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

बुधबार ९ कम्पनीको शेयरमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंक समूहको ०.८३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend