logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो : कप्तान चेम्जोङ

    मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो : कप्तान चेम्जोङ

    663
    Shares
    मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो : कप्तान चेम्जोङ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्नो लागि सय खेल भन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । फिफा विश्वकप २०२६/एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहद रंगशालामा गत मंगलवार यमनबिरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका थिए । उनले खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उनले सय खेल खेलनु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको कुरा भएको बताए । उनले आफ्नो स्वास्थ्य राम्रो हुन्जेलसम्म टिमबाट खेलिरहने बताए ।

    उनले भने, ‘खेलाडीहरुको खेल तलमाथि भइरहन्छ नै । मैले सय गेम खेल्नु भन्दा पनि नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि बढी गर्वको कुरा हो । सय गेम आफ्नो ठाउँमा छ, तर नेपालको जर्सी लगाउन पाउनु नै मेरो लागि ठूलो कुरा हो । स्वास्थ्य राम्रो हुन्जेलसम्म खेल्नेछु । सानो सानो कमजोरीले गर्दा अन्तिम खेलमा बराबरी खेल्यौँ । नयाँ टिम छ, यो टिमले अब नयाँ बाटो कोर्नुपर्छ । ४ जना बाहेक सबै नयाँ छन् ।’

    त्यस्तै फुटबलर जिलेस्पीजंग कार्कीले डेब्यु गोल अविष्मरणीय रहेको र रणनीतिअनुसार खेल्दा गोल गर्न सफल भएको बताए । उनले आफू भन्दा बलिया टिमहरुसँग खेल्दा अनुभव बटुल्न पाएको बताए । उनले बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जाने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘डेब्यु गोल अविष्मरणीय नै रहन्छ । रणनीतिअनुसार म्याचमा खेल्न सक्यौँ खुशी छु । दुवै बलिया टिम थिए । बलिया टिमसँग धेरै नै अनुभव लियौँ । बलिया टिमहरुसँग खेलिरहन पाए नेपाली फुटबल राम्रो बाटोमा जानेछ ।’

    त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली नयाँ टोलीले राम्रो खेल खेलेको बताए । उनले यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्दा बराबरी हुन पुगेको बताए ।

    उनले भने, ‘हामीले राम्रो खेल खेलेका छौँ । यमनसँगको अन्तिम गेममा अन्तिम मिनेटमा केही कारणले गोल खान पुग्यौँ । बराबरीमा बस्नुपरेको छ । सबैले राम्रो खेलेका छन् ।’

    यमनसँग नेपालले २—२ को बराबरी खेलेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend