logo

२०८१ असार ६ बिहिबार

logo
  • बिहिबार, ६ असार २०८१
  • टी–२० विश्वकप: बंगलादेश सुपर ८ नजिक, नेदरल्यान्ड्स २५ रनले पराजित

    टी–२० विश्वकप: बंगलादेश सुपर ८ नजिक, नेदरल्यान्ड्स २५ रनले पराजित

    3.8K
    Shares
    टी–२० विश्वकप: बंगलादेश सुपर ८ नजिक, नेदरल्यान्ड्स २५ रनले पराजित

    काठमाडौँ । टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

    बंगलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमात्र बनाउन सफल भयो ।

    खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।

    समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ । नेदरल्यान्ड्स भने २ अङ्कमा सीमित रहेको छ ।

    यो समूहबाट ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान बनाइसकेको छ ।

    यही समूहमा नेपाल पनि रहेको छ । २ खेलबाट नेपालको एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend