logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो : सांसद राणा

    भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो : सांसद राणा

    847
    Shares
    भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो : सांसद राणा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जंगबहादुर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताएका हुन् ।

    उनले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए । उनले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुव्र्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गरे ।

    उनले भने– ‘हामी छिमेकी मुलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ । अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन् । हाम्रा त अगल वगलमा छन् । तर हामीले सहजीकरण गर्दैनौँ । ल्याण्ड रुटबाट भारतीय मोटरमा पर्यटक आउँदाखेरी नेपालमा डाका पसेको जस्तो व्यवहार गरिन्छ । दश ठाउँमा चेकिङ गरिन्छ । उसको कागज र सामान हेरिन्छ । आजकालको जमानामा नेपालमा नै आउनुपर्ने छैन । जहाँ बसेर जहाँ गएपनि हुन्छ । हामीले आउने हाम्रो पर्यटकहरुलाई सम्मानका साथ, इज्जतका साथ हाम्रो देशमा स्वागत गर्नुपर्ने आवश्यकता छ । यसमा सरकारले ध्यान दिनुपर्छ ।

    हामीले के नियम गरेको छौँ ? ५०० रुपैयाँ र हजार रुपैयाँभन्दा कमको मात्रै भारु नोट ल्याउन पान्छ । ५०० को नोट ल्यायौँ भने बोर्डरमा सशस्त्रले समातेर दुव्र्यवहार गर्छ । अनि हामीले पर्यटनको कुरा गर्छौ ? यि सब फाल्तु कुरा हुन् । मिलाउनुस् प्रधानमन्त्रीज्यू । पर्यटनमन्त्रीज्यू । यो के तमासा गरेको ? आजकालको जमानामा ५०० रुपैयाँको नोट जेपमा नहालेर आउन् ? के गर्न खोजेको ? के भन्न खोजेको ?’

    उनले नजिकैको पर्यटकहरुलाई वेवास्ता गर्नु नहुनेमा जोड दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend