काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा जारी दक्षिण अप्रिकासँगको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ ।
अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ । नेपालले अफ्रिकाको पाँचौँ विकेट लिएको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । उनले डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।
चौथो विकेट पनि ऐरीले नै लिएका हुन् भने तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् ।उनले हेन्ड्रिक क्लासेन पेभिलियनलाई आउट गरेका थिए ।
नेपालका लागि दोस्रो विकेटमा कुशल भुर्तेलले मर्क्रमलाई आउट गरेका थिए ।
पहिलो नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई आउट गरेका थिए ।
जारी खेलमा ऐरीले तेस्रो विकेट लिएका छन् ।