logo

२०८१ असार ४ मंगलबार

logo
  • मंगलबार, ४ असार २०८१
  • टी-२० विश्वकप : दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

    टी-२० विश्वकप : दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

    2.7K
    Shares
    टी-२० विश्वकप : दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

    काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा दक्षिण अप्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

    अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ ।

    वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको अप्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाउन सफल भयो ।

    टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए ।

    कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।

    नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रन भने दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।

    यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend