logo

२०८१ असार ९ आइतबार

logo
  • आइतबार, ९ असार २०८१
  • टी–२० विश्वकप : नामिबियालाई ४१ रनले पराजित गर्दै इंग्ल्याण्ड विजयी

    टी–२० विश्वकप : नामिबियालाई ४१ रनले पराजित गर्दै इंग्ल्याण्ड विजयी

    1.7K
    Shares
    टी–२० विश्वकप : नामिबियालाई ४१ रनले पराजित गर्दै इंग्ल्याण्ड विजयी

    काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा नामिबियालाई ४१ रनले पराजित गरेको हो ।

    सुपर एटमा पुग्न अब इंग्ल्याण्डले अष्ट्रेलिया र स्कटल्याण्डको खेलको नतिजामा भर पर्नु पर्नेछ ।

    समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएमा इंग्ल्याण्डको अन्तिम आठमा प्रवेश गर्ने छ ।

    ३ घण्टा ढिलो सुरु भएको खेलमा इंग्लिस टोलीलाई भाग्य, मौसम र पिचको साथ मिलेको थियो । एन्टिगुवामा बेलाबेलामा पानी परेको थियो र ओभर घटाइएको थियो ।

    नामिबियाले टस जितेर बलिङ रोजेको थियो । इंग्ल्यान्डले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाए पनि डिएलएस पद्धतिमा १२२ बाट १२७ रन बनाएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend