logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • मधेस प्रदेशमा हत्याका घटना बढे, सरकारले आवश्यक ध्यान दिनुपर्छ : सांसद मैनाली

    मधेस प्रदेशमा हत्याका घटना बढे, सरकारले आवश्यक ध्यान दिनुपर्छ : सांसद मैनाली

    481
    Shares
    मधेस प्रदेशमा हत्याका घटना बढे, सरकारले आवश्यक ध्यान दिनुपर्छ : सांसद मैनाली

    काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेस प्रदेशमा हत्याका घटनाहरु बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आईतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले भारतबाट खुला सीमाका कारण नेपालमा आइ हत्या गर्ने, सुटरहरु नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गरे । उनले अपराधीलाई अविलम्व नियन्त्रण गरी कानूनको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

    उनले भने, ‘बारा जिल्लामा यो चौथो घटना हो । एक वर्षको अवधिमा गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि आक्रमण भयो । उहाँको हत्या भयो । भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरियो । यो हत्याको श्रृंखला बढ्दै गइरहेको छ । दुर्भाग्यको कुरा सुटर भारतबाट आएर नेपालमा आउने, खुला सीमा, हातहतियारहरुको ओसारपसारले गर्दा मधेस खासगरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन् ।

    मधेसमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, धेरै मानिसहरु बिस्थापित हुनुप¥यो । त्यो पीडालाई बिर्सिएर मधेस संग्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसावले बढ्दो रुपमा छ । यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् । सम्बन्धित निकायमा आवश्यक निर्देशनको लागि सम्माननीय सभामुखमार्फत अनुरोध गर्दछु ।’

    उनले सीमा पारीको प्रशासनसँग मन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend