logo

२०८१ असार १० सोमबार

logo
  • सोमबार, १० असार २०८१
  • उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक छ : अध्यक्ष लिङदेन

    उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक छ : अध्यक्ष लिङदेन

    403
    Shares
    उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक छ : अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् । आईतबारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताए । उनले मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरु चुकको बताए । उनले उर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसावले खर्च भाग लगाएर र नियमति कार्यक्रमले मात्रै उपलब्धि हाँसिल गर्न नसकिने बताए । उनले उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको बताए । उनले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरु बजेटमाथिको छलफलमा भाग लिइरहेको बताए ।

    उनले भने, ‘बजेट कुन प्रकारले बन्यो, अहिले पूरै हाउस बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो, अर्थमन्त्रीजीले, मन्त्रीजीहरुले जनताका प्रतिनिधिहरुलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुशी पार्न सूचिहरु माग्नुभयो, उभ्याउनु भयो । र अहिले प्रिन्ट गर्ने बेलामा केके भयो भन्ने कुरा सबै सार्वजनिक भइसकेको छ । तपाईंहरुले मौका पाउनु भयो ।

    मौका पाएको बेलामा यो चाहीँ हामी फेरि तल आउनुपर्छ, हामी कहिले कहीँ पद भन्दा बाहिर हुनुपर्छ भन्नेकुरा बिर्सिएर मौका यही हो र सधैँभर भइन्छ भनेर जुन गर्नुभएको छ । हामीले यहाँ जति छलफल गरेपनि संशोधन हुँदैन, परिवर्तन हुँदैन भन्नेकुरा सबैलाई थाहा छ । खालि रेकर्डका लागि बजेटप्रति असहमति व्यक्त गर्न मात्रै हामी यहाँ उभिएका छाँै ।’

    उनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताए । उनले विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा उर्जाको उत्पादन गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend