logo

२०८१ असार ११ मंगलबार

logo
  • मंगलबार, ११ असार २०८१
  • आजपा निकट आइटी आर्मीद्वारा वैदेशिक रोजगार विभागमा बिरोध प्रदर्शन

    आजपा निकट आइटी आर्मीद्वारा वैदेशिक रोजगार विभागमा बिरोध प्रदर्शन

    546
    Shares
    आजपा निकट आइटी आर्मीद्वारा वैदेशिक रोजगार विभागमा बिरोध प्रदर्शन

    काठमाडौं । आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि बिरोध प्रदर्शन गरेको छ । आईतबार वैदेशिक रोजगार विभाग अगाडि भेला भइ उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

    बिरोध प्रदर्शनका क्रममा बोल्दै आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन बिरोध प्रदर्शन गर्नुपरेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेकोबारेमा खबरदारी गरेको बताए । उनले अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।

    उनले भने, ‘हामी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन, वैदेशिक रोजगार क्षेत्रमा अवैध जुन असुली भइरहेको छ, बिना रसिद ५ हजार, १० हजारको रसिद दिएर दुई दाख, चार लाख, पाँच लाख रुपैयाँ, जुन असुली भइरहेको छ, त्यो रकम फिर्ता दिलाउन र वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन, विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गराउन र फ्रि भिसा, फ्रि टिकट जस्ता नारामा मात्र नभइ व्यवहारतः कार्यान्वयन हुनुपर्छ, त्यसको पूर्णतः कार्यान्वयन नभइ संघर्ष जारी रहन्छ । सरकारले हाम्रा मागप्रीत बेवास्ता गरेको छ ।’

    उनीहरुले बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगार दे, श्रमीकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर बिरोध जनएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend