logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार

    सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार

    871
    Shares
    सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिको कार्यविधि तयार भएको छ । विशेष समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरुसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो ।

    सहकारी छानविन सम्बन्धि कार्यादेश निर्माणमा संलग्न सांसदहरु महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए । त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचिहरु पनि तय गरेको छ ।

    संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, वचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु पनि गर्ने गरी कार्यसूचि पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ ।

    सभापति थापाले भने, ‘आजको बैठकमा कार्यादेशसँग सम्बन्धित माननीयज्युहरु माननीय महेश बर्तौला, माननीय हितराज पाण्डे, माननीय रमेश लेखक, माननीय ज्ञानेन्द्रबहादुर कार्की र माननीय जीवन परियार उपस्थित हुनुभयो । उहाँहरुले कार्यादेश निर्माणको एकरुप बुझाईबारे समितिलाई जानकारी गराउनु भयो । हामीले अरु विभिन्न पक्षसँग पनि उहाँहरुसँग छलफल गर्यौ । र, त्यस आधारमा हामीले कार्यविधिमा छलफल गर्यौं । छलफल गरेर आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ ।

    हामीले मस्यौदा कार्यविधिमा छलफल गरेर त्यसलाई प्राप्त विभिन्न खालको सुझावलाई समेटनेगरी पारित गरेका छौं । र हामीले विभिन्न छानविन समिति, जाँचबुझ आयोगलगायतले विगतमा अध्ययन गरेका प्रतिवेदनहरु उपलब्ध गराउन सम्बन्धित निकायलाई दोस्रो बैठकबाटै पत्राचार गरेका थियौं । त्यसमध्ये धेरै अधिक संख्याका प्रतिवेदनहरु प्राप्त भएका छन । र सबै प्राप्त गरिसक्ने गरी पनि समितिलाई समन्वय गर्न निर्देशन दिएका छौं । र कार्यविधि जुन सुझावसहित पारित भएको छ । त्यसलाई अन्तिम रुप दिने र त्यसलाई प्रमाणिकरण गर्ने कार्यसँगै अव समितिले अब औपचारिक रुपमा काम अघि बढाउने सबै तयारी आधार प्राप्त भएको छ । कार्यविधि जुन हामीले बनाएका छौं ।’

    ‘त्यसले हामीलाई काम गर्ने धेरै बाटोहरु तय गरेको छ । हामीलाई सजिलो बनाएको छ । त्यस अन्तरगत हामीले पहिलो छलफल संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु गर्नेछौं ।

    संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरुसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, वचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरु लिने कामहरु गर्नेछौं । हामी प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि यो तथ्यहरु संकलन गर्ने, जानकारीहरु लिने काम गर्ने कार्यसूचिसहित आजको बैठक सम्पन्न भएको छ’ उनले भने ।

    विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीहरुको तथ्यहरु संकलन गर्ने, जानकारीहरु लिने पनि उल्लेख गरिएको छ । विगतका सहकारी सम्बन्धि प्रतिवेदनहरु विशेष समितिमा अधिकांश आईसकेको र आउन बाँकि पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएकोको विशेष समितिका सभापति थापाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend