logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार प्रदान

    अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार प्रदान

    585
    Shares
    अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार प्रदान

    काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

    १९ औं एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९ औं एशियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

    सरकारको तर्फबाट खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम शुरु भएको बताए । उनले नेपालमा खेलाडीहरुको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताए । उनले खेलाडी, खेलप्रेमी, प्रशंसकहरुबाट सिकेको सुसंस्कृत कुराहरु राजनीतिमा समावेश गर्ने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘बेथितिहरु पहिलादेखि नै छ । हामीले मन्त्रालयमा नियमित काम गर्न थालेका छौँ, पहिला त्यति पनि हुँदैन थियो । हाम्रो सचिव सावले हरेक हप्ता कार्य विवरण सामाजिक सञ्जालमा प्रकाशित गर्नुभएको छ । नेपालमा पोलिटिक्समा टिमवर्क र स्पोर्टमेन्सिप नभएर देशको राजनीति फोहोर भएको यही कारणले हो नि त । यही सुसंस्कृत राजनीति खेलाडीबाट, खेलप्रेमीबाट, प्रशंसकहरुबाट सिकेको कुरा राजनीतिमा ल्याउन चाहन्छु । सबैको सहयोग चाहिन्छ ।’

    कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठूलो हौसला मिलेको बताए । उनले क्रिकेटमा भविष्य सुरक्षित छ भन्नेकुरा प्रमाणित भएको बताए ।

    उनले भने, ‘आज नेपाल विश्वकप खेल्दा जुन माया हामीले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पाएका छौँ । यो मायाले मलाई लाग्छ, अहिलेको पुस्ता मात्र होइन अब आउने पुस्ताहरुलाई पनि क्रिकेटमा लागेर भविष्य सुरक्षित हुने विश्वास राखेको महशुस हामीले गरेका छौँ । नेपाल विश्वकप खेल्न १० वर्ष कुर्नुपरेको छ, हामी आशा गर्दैछौँ, टिममा भरोसा छ । अब फेरि नेपाल विश्वकप खेल्न १० वर्ष कुर्न नपरोस् । १० वर्षको ग्याप कम गर्न अहिलेदेखि नै घरेलु संरचनाको विकासमा लाग्नुपर्छ ।’

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरुको पुरस्कार राशी प्राप्त हुनेले खेलाडीहरुमा ठूलो हौसला मिल्ने बताए । उनले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्नेकुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताए ।

    उनले परिषद्को बैठकले निर्णय गरेर फाइल पठाउने मात्रै काम हुने भन्दै सबै बाँकी काम मन्त्रालयबाट नै पूरा हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend