logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल असार १३ गते

    स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल असार १३ गते

    1.5K
    Shares
    स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल असार १३ गते

    काठमाडौँ । स्टार्टअप वर्ल्डकप नेपाल एडिसन २०२४ को फाइनल यही असार १३ गते हुने भएको छ ।

    स्टार्टअप वर्ल्डकप नेपालले आज यहाँ पत्रकार सम्मेलन गरी यही असार १३ गते नेपाल एडिसन २०२४ को फाईनल कार्यक्रम राष्ट्रिय नाचघरमा हुने जनाएको हो । स्टार्टअप हब नेपालले जिल्ला समन्वय समिति काठमाडौँसँगको सहकार्यमा विश्वभरका एक सय देशमा हुने स्टार्टअपको प्रतिस्पर्धा नेपालमा आयोजनामा गर्न लागेको हो ।

    समन्वय समितिका संयोजक शन्तोष बुढाथोकीले अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुआत गरेको बताए । नेपालमा वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वल्र्डकप नेपाल भित्र्याएको वर्ल्डकप नेपालका अध्यक्ष शम्भु पोखरेलले जानकारी दिए ।

    उनले स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअप मध्यबाट असार १३ गते नेपाल च्याम्पियन छानिने एक जनालाई अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी गराइने जानकारी दिए ।

    स्टार्टअप वर्ल्डकपको कोअर्डिनेटिङ पार्टनरका रुपमा जिल्ला समन्वय समिति काठमाडौँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यसैगरी अन्य सहआयोजकमा आइसिटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाललगायत यस क्षेत्रमा कार्यरत सङगठनहरु रहेका छन् ।

    स्टार्टअप विश्वविजेता बन्न सकेमा एक मिलियन डलर (रु १३ करोड नेपाली बराबर) लगानी पुरस्कार पाउने वल्र्डकप नेपालका अध्यक्ष पोखरेलले बताए । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend