logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • बंगलादेशविरुद्ध नेपालको फिल्डिङ जारी, बंगलादेशले गुमायो तेस्रो विकेट

    बंगलादेशविरुद्ध नेपालको फिल्डिङ जारी, बंगलादेशले गुमायो तेस्रो विकेट

    1.5K
    Shares
    बंगलादेशविरुद्ध नेपालको फिल्डिङ जारी, बंगलादेशले गुमायो तेस्रो विकेट

    काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार नेपाली टोलीले आफ्नो चौथो खेल खेलिरहेको छ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गरीरहेको हो ।

    नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ ।

    नेपाल यसअघि नै उपाधिबाट बाहिरिइसकेको छ । त्यसैले बंगलादेशविरुद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मैदानमा ओलिएको छ ।

    तर, बंगलादेश भने नेपालविरुद्धको खेलमा ‘गर या मर’ को स्थितिमा रहने छ ।

    हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

    विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।

    नेपालले बंगलादेशको तीन विकेट लिई सकेको छ । ४.३ ओभरको गेम भैरहदाँ २१ रन बनाएर वंगलादेशले ३ विकेट गुमाएको छ ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend