logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • नेपाल सामु बंगलादेशले दियो १ सय ७ रनको लक्ष्य

    नेपाल सामु बंगलादेशले दियो १ सय ७ रनको लक्ष्य

    2.2K
    Shares
    नेपाल सामु बंगलादेशले दियो १ सय ७ रनको लक्ष्य

    काठमाडौँ । जारी टि-२० विश्वकपमा नेपालालाई बंगलादेशले १ सय ७ रनको लक्ष्य दिएको छ ।

    बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

    बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे ।

    त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे ।

    रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।

    जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, तास्किन अहमदले पनि १२ रन तथा ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।

    नेपाली बलरहरुले फेरि एकपटक शानदार बलिङ प्रदर्शन गरे । आजको खेलमा सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् ।

    नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend