मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

काठमाडौँबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँबाट ६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले आइतबार राति काठमाडौँको कपनबाट ६ किलो सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता  होविन्द्र
बोगटीले बताए ।

उनले भने, “काठमाडौँबाट ६ किलो सुनसहित सेनम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।”

काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ६ किलो सुन र ४८ लाख रुपैयाँ बरामद गरेको छ ।

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले बताएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend