logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • बैतडीमा पुरुषको हत्या गरेर शव खोल्सामा फालेको अभियोगमा शिक्षिका पक्राउ

    बैतडीमा पुरुषको हत्या गरेर शव खोल्सामा फालेको अभियोगमा शिक्षिका पक्राउ

    5.6K
    Shares
    बैतडीमा पुरुषको हत्या गरेर शव खोल्सामा फालेको अभियोगमा शिक्षिका पक्राउ

    बैतडी । बैतडीमा एक जना पुरुषको हत्या गरेर शव खोल्सामा फालेको अभियोगमा प्रहरीले एक महिला शिक्षिका लाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा २६ वर्षीया भागरथी विष्ट रहेकी प्रहरीले जनाएको छ । उनले पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह विष्टको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी भागरथीले विष्टको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी बताइएको छ ।

    पक्राउ परेकी भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन् । एकल महिला समेत रहेकी निज शिक्षिका विष्टको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको र शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

    हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ । विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन् । स्थानीयका अनुसार भागरथीले यही असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी हुन् । हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी र उनले आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।

    तर, सोमबार पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखिएका स्थानीयले बताए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।

    हत्याको कारण भने अझै खुलेको छैन । तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार ती पुरुषको हत्यामा अन्य दुई जना सहयोग भएको समेत पाइएको छ ।

    ती सयोगीहरु बैतडीबाट धनगढी जान लागेको सूचना प्राप्त भएपछि १२५३ को बसमा बसेका उनीहरुलाई पक्राउ गर्न डडेल्धुरा प्रहरीलाई खबर गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

    उनले भने, “भागरथीले ती पुरुषको हत्या गरिसकेपछि लाश व्यवस्थापन गर्न आफ्ना सहयोगीलाई २०/३० हजार रुपैयाँ दिएको भन्ने छ तर ती व्यक्तिहरु फेला परेका छैनन् ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend